TagaroNews
बैशाख ९ मा गण्डकी प्रदेशसभा बिशेष अधिवेशन 

पोखरा - गण्डकी प्रदेशसभाको बिशेष अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन बोलाएका हुन् ।

प्रदेशसभा भवन नदीपुरमा वैशाख ९ गते शनिबार दिउँसो ३ बजे बैठक सुरू हुनेछ । चैत ३० गते प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार उक्त सूचना सार्वजनिक गरिएको हो ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update