
बेसीशहर – लमजुङको बेसीशहर नगरपालिकाले दुई बर्षभित्र सवारी मर्मत र इन्धनमा एक करोढ बढी खर्च गरेको पाइएको छ । पालिकाले सवारी साधन मर्मतमा मात्र ५० लाख ६४ हजार १ सय ७८ रुपैयाँ खर्च गरेको छ भने, इन्धनमा ५५ लाख ४२ हजार ६५ रुपैयाँ खर्च गरेको देखिन्छ ।
पालिकाले आर्थिक बर्ष २०७९/०८० मा सवारी मर्मतमा २५ लाख ६२ हजार १ सय ४६ रुपैँया खर्च गरेको छ । इन्धनमा भने, २४ लाख ९९ हजार ९ सय ९९ रुपैँया खर्च गरेको छ । यस्तै आर्थिक बर्ष २०८०/०८१ मा सवारी मर्मतमा २५ लाख २ हजार ३२ रुपैँया खर्च गरेको छ भने, इन्धनमा ३० लाख ४२ हजार ६६ रुपैँया खर्च गरेको छ ।
पालिकाका जनप्रतिनिधि, कार्यालय प्रायोजन तथा कर्मचारीको इन्धन खर्चमा यतिका रकम खर्च भएको हो । पालिकामा सवारी साधनहरुको इन्धन खर्च सम्बन्धमा कुनैपनि कार्यविधि नबनेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले बताए ।
पालिकाका कर्मचारीलाई कार्यालय प्रायोजनमा मासिक रुपमा १० लिटर र पूर्वाधार तर्फ काम गर्ने प्राविधिक कर्मचारीको हकमा १५ लिटर र स्कुटरको हकमा ५ लिटर पेट्रोल उपलब्ध गराउने कार्यपालिकाको निर्णयमा उल्लेख छ ।
पालिका मातहतमा रहेका २५ वटा मोटरसाईकल र २ वटा स्कुटरको मर्मतका लागी बार्षिक रुपमा १५ हजारका दरले रकम उपलब्ध गराउने समेत निर्णय गरिएको छ ।
पालिकाको २ वटा स्कारपियो, एक–एक वटा दमकल, एम्बुलेन्स, जेसिभि र कृषि एम्बुलेन्सलाई भने, आवश्यकता अनुसार इन्धन र मर्मत खर्च उपलब्ध गराउने गरिएको पालिकाले जनाएको छ ।
यस्तो छ पालिकाको सवारीसाधन मर्मत र इन्धन खर्च :
इन्धन र मर्मत खर्चबारेको कार्यपालिका बैठकको निर्णय: