TagaroNews
सापटी मागेको रकम नदिँदा हत्या 
हत्यामा संलग्न सुग्गरेलाई पत्रकार सम्मेलन मार्फत सार्वजनीक गर्दै प्रहरी ।

लमजुङमा सापटी मागेको रकम नदिँदा एक महिलाको हत्या भएको छ । बेसीशहर नगरपालिका–११ चिति बगैँचा बस्ने ६२ बर्षीया सानु नानी घर्तीको हत्या भएको हो ।  सोहि वडाको बजारखुट्टा बस्दै आएका ४७ बर्षीय सुग्गरे सार्कीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । ५० हजार रुपैँया सापटी माग्दा नदिएको भन्दै सार्कीले ति महिलाको हत्या गरेका हुन् । उनले महिलाको टाउको र गालाको भागमा धारिलो हतियार (खुर्पा) प्रहार गरेर हत्या गरेका थिए । 

कसरी घट्यो घट्ना 
चिति बगैँचा निवासी सानु माया घर्ती आफनो घरमा एक्लै बस्दै आएकी थिइन् । उनका छोरा कोरिया छन् भने, छोरी र बुहारी काठमाडौं बस्छन् । चिति बजारखुट्टा बस्ने ज्याला मजदुरी गरी खाने सुग्गरे सार्कीले सानु माया घर्तीसँग बेला–बेला सापटी रकम चलाउँदै आएका थिए । 

सुग्गरेका बा–आमा बिरामी भएसँगै उपचारका लागी सुग्गरेलाई रकम आवश्यक पर्छ । उनले सानु माया घर्तीसँग ५० हजार रुपैँया सापटी माग्ने मनसाय बनाउँछन् । सोहि मनसायले उनी रक्सी आएको तालमा मंगलबार राती करिब ८ बजेको समयतिर सानु मायाको घरमा पुग्छन् । 

सानु माया खाना खाएर भाडा माज्दै गरेकी हुन्छिन् । सुग्गरेले सानु मायासँग ५० हजार रुपैँया सापटी चाहिएको र दशैंअघि तिर्ने सर्त राख्छन् । सो सापटी रकम नदिने सानु मायाको प्रतिउत्तरमा विवाद हुँदा खुर्पा समेत साथमा बोकेका सुग्गरेले सानु मायालाई खुर्पा प्रहार गर्छन् । 

खुर्पाले प्रहार गर्दा सानु मायाको टाउको र गालामा गम्भिर चोट लागेर उनी मुर्छित हुँदै आगनमा ढल्छिन् । आफुँमाथी खुर्पा प्रहार भएपछि उनी चिच्चाउने र कराउने गर्छिन् । तर, मुसलधारे पानी परेको र घर वरपर खासै मान्छे नबस्ने भएकाले उनको चिच्चावट कसैले सुन्दैन् । 

सापटी पैसा नपाएको झोकमा सानु माया माथि खुर्पा प्रहार गरेका सुग्गरे सो घट्ना पश्चात साढे १० बजेतिर घर पुग्छन् । पानीले निर्थुक्क भिजेका कपडा र खुर्पा पन्छाएर उनी घरमै सुत्छन् । उनको घरमा श्रीमती र ३ छोरा छन् ।

यसरी समातिए हत्याका आरोपी
बिरामी समेत रहेकी सानु मायाको भोलिपल्ट बुधबार काठमाडौं जाने तयारी थियो । उनले अघिल्लो दिनमै गाउँकै एक जीप साहुलाई उदिपुर सम्म सामान र आफुलाई छोडिदिन भनेकी हुन्थिन् । सोहि अनुरुप बिहान साढे ८ बजे जीप साहुले सानु मायाको घर अगाडी आएर हर्न बझाउँछन् ।

निकै बेर सानु माया नआएपछि जीप साहुजीले तगारो खोलेर सानु मायाको घरतर्फ जाँदा उनी रगताम्मे अवस्थामा आगनमा ढलेको देख्छन् । सो देखेपछि स्थानीयमा हल्लाखल्ला हुन्छ र खबर प्रहरीकोमा पुग्छ । प्रहरी चौकी चितिबाट प्रहरी सहायक निरिक्षक कुमार केसीको कमाण्डमा टोली घट्ना स्थल पुग्छ र सो स्थललाई सुरक्षित गर्छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेको कमाण्डमा १९ जनाको टोलीले घट्नाको प्रारम्भिक अनुसन्धान अघि बढाउँछन् । यस घट्नाको अनुसन्धानका लागी नेपाल प्रहरी प्रदेश कार्यालय पोखराबाट प्रहरी निरिक्षकको कमाण्डमा केनाईन (तालिम प्राप्त कुकुर) सहितको टोलि माग गरी अनुसन्धानका लागी बोलाइन्छ । प्रहरी निरिक्षक थानेश्वर चपाईको नेतृत्वमा टिमले घट्नास्थल सील गरेर अनुसन्धान गरिरहेका हुन्छन् । 

सुग्गरे यो सूचना थाहा पाएपछि गाउँबाट निस्किन्छन् । उनलाई भान हुन्छ कि, सानु माया घाइते भएकी होलिन् मृत्यु भने भएको छैन् होला । प्रहरीले यस घट्नाको दोषिलाई समात्न २/३ वटा फरक–फरक तबरको सोच बनाएर बिशेष अपरेशन अघि बढाएको हुन्छ । जब सुग्गरेलाई प्रहरीले आशंका गर्छ तब, सुग्गरेमाथी निगरानी बढाइन्छ ।

गाउँबाट हिँडेका सुग्गरेलाई करिब ७ घण्टाको फरकमा प्रहरीले सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटिबाट दिउँसो साढे २ बजेतिर पक्राउ गर्छ ।  पक्राउ परेका सुग्गरेलाई प्रहरीले सानु माया घाइते नै रहेको र उपचार भैरहेको कुरा बताउँछन् । सानु मायाको मृत्यु नभइसकेको थाहा पाएपछि सुग्गरेले प्रहरी सामु आफ्नो कर्तुत क्रमशः कबुल गर्छन् । (पत्रकार सम्मेलनमा प्रहरीले खुलाएको प्रारम्भिक अनुसन्धानबारेमा आधारित)

सानु मायाको हत्यामा संलग्न रहेका सुग्गरेलाई प्रहरीले बिहिबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्दै सार्वजनीक गरेको हो । सुग्गरेलाई प्रहरीले बिहिबार जिल्ला अदालत लमजुङबाट ७ दिनको म्याद थप गरी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रमुख डिएसपी मिन बहादुर घलेले बताए ।  

यो पनि...

अपडेटः लमजुङमा महिलाको हत्या आरोपमा एक पक्राउ

लमजुङमा धारिलो हतियार प्रयोग गरि महिलाको हत्या

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update