TagaroNews
अपडेटः लमजुङमा महिलाको हत्या आरोपमा एक पक्राउ
तालिमप्राप्त कुकुर सहित घट्नाको अनुसन्धानमा प्रहरी ।

लमजुङ - लमजुङको बेसीशहर नगरपालिका–११ चिती स्थित तिवारीडाँडा बगैंचामा महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि वडाको बजरखुट्टा बस्ने ४७ बर्षीय सुक बहादुर सार्की रहेका छन् । 

घरमा एक्लै बस्दै आएकी ६५ वर्षिया सान्नानी घर्तीको हत्यामा संलग्न भएको आरोपमा सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता इन्सपेक्टर थानेश्वर चपाईले बताए । उनका अनुसार घट्नाको पूर्ण विवरण भने, भोलीमात्र सार्वजनीक गर्ने तयारी छ । 

हत्यामा संलग्न रहेका सार्कीलाई प्रहरीले सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीबाट बुधबार दिउँसो साढे २ बजेतिर पक्राउ गरेको हो । प्रहरीले उनको घर बजरखुट्टाबाट धारिलो हतियार हँसिया समेत बरामद गरेको जनाएको छ । 

घरमा एक्लै बस्दै आएकी सान्नानी बुधबार बिहान टाउको र अनुहारमा गम्भिर चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन् । घट्नाको थप अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुर सहितको टोलि लमजुङ झिकाइएको थियो । 

यो पनि...

लमजुङमा धारिलो हतियार प्रयोग गरि महिलाको हत्या

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update