TagaroNews
लमजुङमा धारिलो हतियार प्रयोग गरि महिलाको हत्या

लमजुङ - लमजुङको बेसीशहर नगरपालिका-११ चिती बगैंचामा एक महिलाको हत्या भएको छ । गएराती बगैंचा स्थित आफ्नै घरमा अन्दाजी ६५ बर्षीया सान्नानी घर्तीको हत्या भएको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी सान्नानी आज बिहान काठमाडौं जाने भन्दै स्थानीय जीप चालकलाई लमजुङको उदिपुरसम्म छोडिदिन भनेकी थिइन । जीप चालक बिहान उनलाई लिन आउदा उनको शब आगनमा लडिरहेको अबस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको देखिने जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए ।

घट्नाको थप अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुर सहितको टोलि लमजुङ बोलाइएको प्रहरी निरीक्षक चपाईले जानकारी दिए ।

घरमा एक्लै बस्दै आएकी उनको छोरा बिदेश र बुहारी काठमाडौं बस्दै आएको पाइएको छ । घट्नाकाे अन्य विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update