TagaroNews
लमजुङमा रुख ढलेर किच्दा महिलाको घट्नास्थलमै मृत्यु
सांकेतिक तस्बिर ।

सुन्दरबजार - लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्र रहेकी छन् । 

प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा सोमबार साँझ ५ बजे रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो ।

कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासी ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने  प्रहरीको अनुमान छ । शव परीक्षण गर्न बेसीशहर स्थित लमजुङ अस्पताल ल्याइएको छ ।

मृतक मिश्रकी श्रीमान् र ३ छोरा बुहारी रहे पनि घरमा श्रीमान् मात्रै बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update