TagaroNews
क्रिप्टोकरेन्सी प्रकरणः ढाकछोपमा हाकिम, छानविन गर्दै प्राधिकरण

लमजुङ – नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले उपभोक्ताबाट उठाएको रकम नेपालमा प्रतिबन्ध रहेको क्रिप्टोकरेन्सीमा लगानी गरेको समाचार तगारो न्युजमा प्रकाशित भएसँगै यो विषयमा छानविन सुरु भएको छ । 

लमजुङ वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराई, प्रशासन प्रमुख तेज नारायण आचार्य, लेखा अधिकृत सुदिप ज्ञवाली, प्राविधिक कर्मचारी लक्ष्मण कमली र कार्यालय सहयोगी शर्मिला रानाको मिलेमतोमा संस्थाको ३४ लाख ७५ हजार रुपैयाँ क्रिप्टोकरेन्सीमा लगानी गरिएको तथ्य सहितको समाचार तगारो न्युजले सार्वजनिक गरेको हो ।

तगारो न्युजमा साउन ८ गते मंगलबार प्राधिकरणको प्राधिकरणको अवैध धन्दाः उपभोक्ताबाट उठाएको रकम क्रिप्टोकरेन्सीमा शिर्षकमा समाचार प्रकाशित भएको थियो ।  समाचार प्रकाशित भएसँगै एकातिर प्राधिकरणका प्रमुख भट्टराई सहितका कर्मचारी आफ्ना कर्तुतको ढाकछोपमा लागेका छन् भने, अर्कोतर्र्फ नेपाल विद्युत प्राधिकरणले लमजुङ वितरण केन्द्रमा भएको आर्थिक अनियमिताता साथै क्रिप्टोकरेन्सीमा लगानाबारे छानविन सुरु गरेको छ । 

समाचार प्रकाशितसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको साउन ११ गतेको निर्णयअनुसार प्राधिकरणका सहनिर्देशक भगवान ढकालको संयोजकत्वमा छानविन समिति गठन भएको छ । संयोजक ढकाल सहितको ४ सदस्यीय छानविन समितिले गत शुक्रबारबाट यस विषयमा निष्पक्ष छानविन सुरु गरेको जनाएको छ । 

समितिका संयोजक ढकाल सहितको समितिले लमजुङ वितरण केन्द्रका प्रमुख सहितका कर्मचारीहरु, निलम्बनमा परेकी कार्यालय सहयोगी सर्मिला राना र तगारो न्युजका समाचार सम्पादकको समूहसँग छुट्टाछुट्टै भेट गरी मौखिक र लिखित रुपमा सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ । 

यता वितरण केन्द्रका प्रमुख भट्टराईले आफ्नो गल्ती लुकाउन कतिसम्मको हर्कत गर्दै आएका छन् भन्ने कुरा गरिसाध्य छैन् । समाचार प्रकाशित भएपछि आत्तिएर प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङलाई भेट्न पुगेका प्रमुख भट्टराईले समाचारमा आएका सबै कुरा झुटो भएको भन्न भ्याए । उनले आफ्नो चरित्र हत्या भएको भन्दै तगारो न्यूजको सम्पादकलाई कारबाहिको माग गर्दै उजुरी सम्म दिए । यधपी उजुरी भने, प्रशासनले दर्ता गरेन् । 

केन्द्र प्रमुखले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी ।

समाचारको विषयमा कुन निकायमा उजुरी दिनुपर्छ भन्ने हेक्का समेत नभएका प्रमुख भट्टराईले सम्पादकको लाइसेन्स खारेज गनुपर्ने समेत माग गर्न भ्याए । उनले आफ्नो गल्ती ढाकछोप गर्न एकपछि अर्काे हर्कत गर्दै गएका छन् । समाचारको विषयमा खण्डन गर्ने भन्दै खण्डन समेत लेखे तर, उनले उक्त खण्डन बाहिर ल्याउन सकेनन् ।

यतिमात्र होइन् तगारो न्युजका सम्पादक समूहलाई कार्यालयमा भेटेर आफनो गल्ति नभएको भन्दै थर्काउन समेत भ्याए । कहिले छलफल गर्न पत्रकार महासंघको कार्यालय बोलाउने, कहिले विभिन्न राजनैतिक दलसँग फोन गर्न लगाउने प्रमुखले मन्त्रीहरुसम्म भेट्न पुगे । 

निलम्वनमा परेकी कार्यालय सहयोगी कर्मचारीलाई पत्रकारले ५० हजार रकम मागेको र आफुले कुरा मिलाई सकेको झुटो खबर दिनेमात्र होइन, ति कर्मचारीको अनुमति विना दुईवटा बैंकबाट व्यक्तिगत बैंक खाताको स्टेटमेन्ट निकालेर कारोबार कस्कोबाट भएको छ भनी, देखाउन समेत भ्याए । एकपछि अर्को हर्कत प्रस्तुत गर्दै आएका प्रमुख भट्टराई अहिले के दाउ खोजिरहेका छन् थाहा छैन् । 

अब छानविन समितिको निष्कर्ष के निस्कन्छ र क–कसलाई कुन हदसम्मको कारबाही होला त्यो भने, हेर्न बाँकी छ । यस विषयमा हामी निरन्तर फलोअप गर्नेछौँ ।

यो पनि...

प्राधिकरणको अवैध धन्दाः उपभोक्ताबाट उठाएको रकम क्रिप्टोकरेन्सीमा

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update