TagaroNews
अन्तराष्ट्रिय मुवाँथाइमा मिलनलाई सफलता  

काठमाडौं – नेपाली मुवाँथाई खेलाडी मिलन तामाङले थाइल्यान्डको बैंककमा भएको अन्तराष्ट्रिय व्यवसायीक मुवाँथाई प्रतियोगीतामा सफलता हात पारेका छन् । 

अगस्ट ९ मा भएको पुरुष ६० केजीको प्रतियोगीतामा मिलनले जापानका टेन्साइलाई नक आउट गर्दै बिजेता बनेका हुन् । बिजेता बनेसँगै मिलनले १५ हजार भाट रकम प्राप्त गरे । बैंककमा रहेको राजादमनेर्न स्टेडियममा अन्तराष्ट्रिय व्यवसायीक मुवाँथाई प्रतियोगीता हुँदै आएको छ । 

मिलन हिट मुवाँथाई किकबक्सिङ एण्ड फिटनेस एकेडेमी सामाखुसी काठमान्डौंका खेलाडी हुन् । धादिङ घर भइ हाल सामाखुसी बस्दै आएका मिलन राष्ट्रिय प्रतियोगीतामा ७ पटक विजेता भैसकेको एकेडेमीका सञ्चालक भुपेश गुरुङले बताए ।

२० बर्षका मिलनले १६ बर्षको उमेर देखी नै खेल खेल्दै आएको प्रशिक्षक सोम ठकुरी (बाबु) ले जानकारी दिए । हिट मुवाँथाई किकबक्सिङ एण्ड फिटनेस एकेडेमीका मिलन सहित ५ जना खेलाडीले व्यवसायीक रुपमा खेल खेल्दै आएको सञ्चालक गुरुङले बताए । 

पछिल्लो समय मुवाँथाईको लोकप्रियता नेपालमा समेत बढ्दै गइरहेको छ । नेपालमा मुवाँथाईको व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक गुरुङले जानकारी दिए । 


 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update