TagaroNews
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सुर्यचौर डाडाँमा हेलिकप्टर दुर्घटना हुदाँ हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । 

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी र क्याप्टेन अरुण मल्ल रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । 

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update