
लमजुङ – लमजुङको दोर्दी गाउँपालिकाले २ वर्षभित्र सवारी साधन मर्मतमा मात्र २५ लाख रुपैँया खर्च गरेको पाइएको छ । पालिकाले इन्धनमा भने, ३५ लाख ३० हजार रुपैँया खर्च गरेको देखिन्छ ।
पालिकाले आर्थिक वर्ष २०७९/०८० मा सवारी मर्मतमा १२ लाख ९३ हजार खर्च गरेको छ । इन्धनमा भने, १७ लाख २० हजार रुपैँया खर्च गरेको छ । यस्तै आ.व. २०८०/०८१ मा सवारी मर्मतमा १२ लाख ७ हजार रुपैँया खर्च गरेको छ । इन्धनमा भने, १८ लाख १० हजार रुपैँया खर्च गरेको छ ।
दुई आर्थिक बर्षमा गरी पालिकाले ६० लाख ३० हजार रुपैँया इन्धनमा खर्च गरेको देखिन्छ । पालिकाका जनप्रतिनिधि, कार्यालय प्रायोजन तथा कर्मचारी इन्धन खर्चमा सो रकम खर्च भएको पालिकाका सूचना अधिकारी भिम प्रसाद लामिछानेले बताए ।
पालिकामा चारपाङ्गे सवारी साधन तर्फ ब्याकु लोडर–१, बोलेरो गाडी–१, बोलेर एम्बुलेन्स–१ र २ पाङ्ग्रे सवारी साधन २३ वटा रहेका छन् ।
यस्तो छ पालिकाको सवारीसाधन मर्मत र इन्धन खर्च :