TagaroNews
सिस्टमबाट सुशासन कायम गछौँ :  गुरुङ

लमजुङ - सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालय मातहतका सबै निकायलाई डिजिटल बनाएर सुशासन कायम गरिने बताएका छन् ।

प्रेस चौतारी नेपाल लमजुङले बेसीशहरमा आइतबार गरेको सम्मान तथा पत्रकार भेटघाटमा बोल्दै उनले सबै निकायमा पेपरलेस सिस्टम लागु गर्न सके भ्रष्टाचार कम हुने बताए । आफनै कार्यकालमा केन्द्रिय सरकारसँग जोडिएका सबै निकायलाई डिजिटल सिस्टममा लगेर सबै कार्य अनलाईन सिस्टममा लग्ने दावी गरे ।

अब कर्मचारीलाई गाली गरेर मात्र नहुने भन्दै सिस्टमबाट नै डिजिटल प्रविधिमा सेवालाई ढाल्न लागिपरेको उनले बताए । मन्त्री गुरुङले राजस्वमा हुने चुहावट बन्द गर्ने, सुशासन कायम हुने र जनताले सहजरूपमा सेवा प्राप्त गर्न देशैभरको सेवामा डिजिटल सिस्टमको विकल्प नरहेको जिकिर गरे । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update