
बेसीशहर – लमजुङको बेसीशहर नगरपालिका–६ तल्लो मकैडाँडामा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तल्लो मकैडाँडाकै ३५ बर्षीय मीन बहादुर रिमाल रहेका छन् ।
गत बिहिबार देखी हराइरहेका रिमालको शुक्रबार राती तल्लो मकैडाँडा स्थित जलकेनीमा भीरबाट खसेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक थानेश्वर चपाईले बताए ।
रिमालको शवलाई पोष्टमार्टमको लागी लमजुङ अस्पतालमा राखिएको छ । नेपाली सेनामा जागीर खाएर निस्केका रिमालको श्रीमती र ३ छोरा रहेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१ १०:३६
प्रतिक्रिया दिनुहोस्