TagaroNews
सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

काठमाडौं- संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको निधन भएको छ । शनिबार बिहान ५ बजेर ५६ मिनेटमा ललितपुरको किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनको सय वर्ष उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई गत चैत १६ गते अस्पताल भर्ना गरिएको थियो । यसअघि गत असोज ३० गते सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको थियो । उनको पनि उपचारको क्रममा किस्ट अस्पतालमै निधन भएको थियो ।

किस्ट अस्पतालले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update