TagaroNews
मनाङमा निशुल्क दन्त शिविर, १ सय ३२ जना लाभान्वित

मनाङ – हिमाली जिल्ला मनाङमा सञ्चालित निशुल्क दन्त शिविरमा १ सय ३२ जना लाभान्वित भएका छन् । मनाङको माथिल्लो क्षेत्र स्थित ङिस्याङ गाउँपालिकाको ९ वटै वडामा निशुल्क दन्त शिविर चलाइएको हो । 

ङिस्याङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा लमजुङ सदरमुकाम बेसीशहर स्थित तालबाराही डेन्टल केयर सेन्टर प्रा.ली.को प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । 

असार २२ देखी २४ गतेसम्म सञ्चालित शिविरमा ९२ जना महिला र ४० जना पुरुषले सेवा लिएका छन् । शिविरमा ३० जनाको दात निकालीएको छ । यस्तै ५० जनालाई १ लाख बराबरको निशुल्क औषधी वितरण गरिएको छ । २० जनामा जटिल समस्या देखिएका कारण रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण यादवले जानकारी दिए । 

शिविरमा तालबाराही डेन्टल केयर सेन्टरका डेन्टल सर्जन डा. अरुण कुमार शाहले सेवा प्रदान गरेका थिए । शिविरमा ङिस्याङ गाउँपालिकाको पिसाङ, घ्यारु, ङावल, हुम्डे, भ्राका, टंकी मनाङ देखी खाङसारसम्मका स्थानीयले सेवा पाएका छन् । 

हिमाली क्षेत्रमा स्थानीय ठाउँमै सर्जन सहितको टोलीबाट निशुल्क सेवा र औषधी पाउँदा स्थानीयले खुसी व्यक्त गरेका छन् । शिविरमा भोलेन्टिएरको रुपमा रतन रानाले सेवा दिएका थिए ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update