
लमजुङ - अविरल बर्षासँगै हिमालपारीको जिल्ला मनाङको तिमाङखोलामा आएको बाढीले काठेपुल बगाउँदा बेसीशहर–चामे सडक अवरुद्ध बनेको छ ।
मनाङको चामे गाउँपालिका–१ तिमाङ स्थित तिमाङखोलामा बाढी आउँदा मंगलबार राति पौने ८ बजेतिर काठेपुल बगाएपछि सडक अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए ।
प्रजिअ लामिछानेका अनुसार बाढीले काठेपुल बगाएपछि सवारी आवतजावत ठप्प भएको छ भने, तिमाङखोलामा अर्को विकल्प नहुञ्जेल पुनः काठेपुल राखिने छ ।
जिल्ला प्रशासन कार्यालय मनाङले वैकल्पिक वयवस्था नहुञ्जेल उक्त क्षेत्रमा आवतजावत नगर्न र नगराउन अनुरोध समेत गरेको छ । पानी परिरहने क्रम नरोकिएको भन्दै थप क्षति हुन सक्ने भएकाले सतर्क अपनाउन समेत प्रशासनले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ २१:५३
प्रतिक्रिया दिनुहोस्