
लमजुङ – १९ वर्षीया एक किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका–६ गौडा बस्ने ४८ बर्षीय प्रसाद तामाङ रहेका छन् ।
पक्राउ परेका तामाङले गत असार १३ गते बिहिबार दिउँसो करिब ३ बजे घर नजिकै बारीमा घाँस काट्न गएकी सो किशोरीलाई एक्लै भएको मौका छोपी जवरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
घट्ना १३ गतेको भएपनि प्रहरीमा भने, १६ गते आइतबार मात्र जाहेरी परेको थियो । तामाङलाई आइतबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता इन्सपेक्टर थानेश्वर चपाईले बताए ।
ति किशोरीलाई घट्ना सार्वजनीक गरे मार्ने सम्मको धम्कीपूर्ण ढंगले जवरजस्ती करणी गरेको पीडितको जाहेरीका आधारमा प्रहरीले तामाङलाई सोमबार अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
करणी सम्वन्धी कसुर शीर्षकमा तामाङमाथि अनुसन्धान थालिएको इन्सपेक्टर चपाईले जानकारी दिए ।