TagaroNews
बेसीशहरको युनिर्भसल बोर्डिङमा शिक्षकको कुटाईबाट विद्यार्थी घाइते 
युनिभर्सल एकेडेमी बोर्डिङ स्कुल ।

बेसीशहर – लमजुङ सदरमुकाम बेसीशहर स्थित युनिभर्सल एकेडेमी बोर्डिङस्कुलका शिक्षकको कुटाईबाट कक्षा ७ मा पढ्ने विद्यार्थी घाइते भएका छन् । 

विद्यालयका विज्ञान विषयका शिक्षक अर्जुन अधिकारीले १२ बर्षीय विद्यार्थी आदेश विकलाई कुटेको विद्यार्थीका अभिभावकले बताएका छन् । बेसीशहर नगरपालिका–७ त्रिवेणी टोल घर भएका आदेश बोर्डिङको होस्टेलमा पढ्दै गरेको अवस्थामा उनलाई साँझ साढे ७ बजेतिर एक्कासी शिक्षकले कुटेको पाइएको छ । 

शिक्षकको कुटाइबाट आदेशको देब्रे कानमा गम्भिर चोट लागेको छ् भने, ढाडमा समेत चोट देखिएको छ । शिक्षकको कुटाइबाट घाइते भएका आदेशलाई अभिभावकले सुरुमा लमजुङ मोडेल हस्पिटल लगेका थिए । मोडेलबाट तत्कालै लमजुङ अस्पतालको इमरजेन्सीमा उपचारका लागी लगिएका आदेशको अहिले सोही अस्पतालमै उपचार भइरहेको छ । 

घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घट्नाबारे हामी थप फलोअप गर्नेछौँ । 

शिक्षकको कुटाईबाट आदेशको कान र ढाडमा देखिएको चोट ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update