TagaroNews
एसईईको नतिजा सार्वजनिकः आधा बढी विद्यार्थी अनुतिर्ण

काठमाडौँ – माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार बिहान नतिजा सार्वजनिक गरेको हो  ।

बोर्डका अनुसार आधा भन्दा धेरै विद्यार्थी उनुतिर्ण भएका छन् । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् अर्थात परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीमात्र उतिर्ण भएका छन् । कुल संख्याको ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड अर्थात एनजी ल्याएका हुन् । एनजी ल्याउने विद्यार्थीलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ ।  यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हो  । 

त्यस्तै विद्यार्थीहरूले आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा ४० प्रतिशतअर्थात् १० अङ्क ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अङ्क ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

गतचैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका थिए । ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update