
लमजुङ - अविरल वर्षासँगै गएराती परेको चट्याङका कारण लमजुङमा एकजनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।
क्व्होलासोथार गाउँपालिका–७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता इन्सपेक्टर थानेश्वर चपाईले जानकारी दिए । प्रहरीका अनुसार गएराती २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङले लागेर भुजेलको मृत्यु भएको हो ।
यस्तै चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । अधिकारइको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
चट्याङका कारण जिल्लाका विभिन्न भेगमा विद्युतिय सामाग्रीमा क्षति पुग्नुका साथै पशुचौपाया मरेको पाइएको छ ।
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्