
लमजुङ – लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका ४ मध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् ।
प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले ३ घर पुरिँदा ४ बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए । बेपत्ता भएकाहरुको बुधबार बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।
लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी ५ वर्षीया छोरी नम्रता तथा ७ वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए ।
यो पनि..
लमजुङको बगुममा पहिरोले घर बगायो, एकै परिवारका ४ बेपत्ता