
लमजुङ - लमजुङमा पहिरोले पुरिएर भाईको मृत्यु भएको छ । भने, दाई घाइते भएका छन् । अविरल बर्षासँगै गएराती घरमाथिबाट आएको पहिरोले पुरिएर दोर्दी गाउँपालिका–९ धैरेनीटोल सुनारगाउँका १६ बर्षीय विकल सुनारको मृत्यु भएको छ । पहिरोमा परी उनका दाई १८ बर्षीय विमल सुनार घाईते छन् ।
घरमाथिबाट आएको पहिरोले कोठमा सुतिरहेका दाजुभाई पुरिएर घाईते भएका थिए । घाईतेमध्ये गम्भिर रहेका भाई विकलको उपचारका लागी लमजुङ अस्पताल बेसीशहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको वडा अध्यक्ष आशिष तामाङले जानकारी दिए ।
घाईते रहेका विमल सुनारको भने, लमजुङ अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पहिरोले घरमा ठूलो क्षति पुगेको छ । अन्य क्षतिको विवरण भने, आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ १०:१८
प्रतिक्रिया दिनुहोस्