TagaroNews
लमजुङमा प्रहरी चौकी गेट अगाडी नै दिनदहाडै खुकुरी प्रहार
साङ्केतिक तस्बिर ।

लमजुङ  – लमजुङमा प्रहरी चौकी गेट अगाडी नै दुई जना युवामाथि दिनदहाडै खुकुरी प्रहार भएको छ । सोमबार दिउँसो करिब ३ बजेतिर सुन्दरबजार नगरपालिका–९ बगैँचा स्थित इलाका प्रहरी कार्यालय भोटेवडार गेट नजिकै खुकुरी प्रहार भएको हो । 

खुकुरी प्रहारबाट लमजुङ दुधपोखरी गाउँपालिका–६ ओखरी बस्ने ४५ बर्षीय लिलिजंङ गुरुङ गम्भिर घाइते भएका छन् । अर्का युवा दोर्दी गाउँपालिका–४ नौथरका ४० वर्षीय मंगल गुरुङ सामान्य घाईते रहेका छन् । उनीहरु माथि युवाहरुको एक समूहले दिनदहाडै खुकुरी प्रहार गरेको एक स्थानीयले बताए । 

खुकुरी प्रहारबाट लिलिजंङको टाउकोको अगाडिको भागमा गम्भिर चोट लागेको छ । गम्भिर घाइते गुरुङलाई भोटेवडार हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवन लगिएको छ । 

खुकुरी प्रहारमा संलग्न सुन्दरबजार नगरपालिका–९ बालुने बस्ने ३० वर्षीय आकाश घले सहितका ४ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दोर्दी गाउँपालिका-५ पाचोकका ३६ वर्षीय भीमसेन गुरुङ, दोर्दी गाउँपालिका-६ ताँजेका ३१ वर्षीय पूर्णबहादुर तामाङ र दोर्दी गाउँपालिका-७ लप्सीबोटका ३८ वर्षीय प्रवीण गुरुङ प्रहरी नियन्त्रणमा छन् ।

लमजुङमा रहेको पिपुल्स हाइड्रोपावरको कवाडीको विषयलाई लिएर झगडा भएको पाइएको र घट्नाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update