
मनाङ – विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा लेक लागेर एक जना नेपालीको मृत्यु भएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका ३५ बर्षीय हरि अधिकारीको मृत्यु भएको हो ।
अन्नपूर्ण पदमार्ग अन्तर्गतको ५ हजार ४ सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीलाई लेक लागेको थियो । उनको दिउँसो करिब १ बजेतिर घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।
उनी मेनमारका पर्यटकसँग पोर्टरको रुपमा थोराङ्ला भञ्ज्याङ पार गर्न गएका थिए । अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ लगिएको मनाङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१ १४:००
प्रतिक्रिया दिनुहोस्