TagaroNews
बेसीशहरमा भेट्रान फुटबल
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

बेसीशहर – लमजुङको बेसीशहरमा ‘प्रथम भेट्रान लमजुङ कप २०८१’ फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक लमजुङ फुटसलले सोमबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै असार १ देखी ७ गतेसम्म भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो ।

बेसीशहर स्थित सहजी खेल मैदानमा हुने सेवेन ए साइड फुटबल प्रतियोगीतामा ३० बर्ष माथिका २ खेलाडी सहित ३५ बर्ष माथिका खेलाडीहरु सहभागी हुनेछन् । 

प्रतियोगीतामा प्रथम हुनेले नगद ५० हजार र उपविजेताले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २ हजार ५ सय र मायाको चिनो पाउनेछ । प्रतियोगीताका हरेक खेलमा मेन अफ दि म्याच घोषणा गरिने आयोजकले जनाएको छ ।  

खेलका लागी दर्ता शुल्क ५ हजार तोकिएको छ भने, खेलाडी संख्या ७ प्लस ३ जना रहनेछन् । जिल्ला बाहिरका आमन्त्रित ४ टिम सहित हालसम्म १८ टिम दर्ता भैसकेको आयोजक लमजुङ फुटसलका प्रोपाइटर इन्द्र रानाले बताए । 

प्रतियोगीता सम्पन्न गर्नका लागी आयोजकले ३ लाख ६० हजार रुपैँया अनुमानित खर्च हुने विवरण सार्वजनीक गरेको छ ।

जिल्लामा पहिलो पटक हुन लागेको यस भेट्रान फुटबल प्रतियोगीताले यो उमेर समूहका युवाहरुमा शारिरीक तथा मानसिक तन्दुरुस्त राख्नुका साथै भाइचारको सम्बन्ध कायम राख्न थप मद्दत पुग्ने आयोजकको अपेक्षा छ ।  

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update