
लमजुङ – उत्तरी लमजुङमा निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युतको लोडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१० घर भएका ४३ बर्षीय गोपाल तामाङ रहेको प्रहरीले जनाएको छ ।
मर्स्याङ्दी गाउँपालिका– ६ डहरे क्षेत्रमा निर्माणाधिन यस आयोजनाको प्रदेश–३–०१–००३ क ६४५९ नम्बरको लोडर आयोजनामा काम गर्ने क्रममा शुक्रबार बिहान साढे ६ बजे हाइड्रोको आउटलेटबाट जिरो प्वाईन्ट तर्फ जाने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका तामाङलाई उपचारका लागी श्रीएरलाइन्सको हेलिकप्टर मार्फत बिहान साढे ९ बजे बजे काठमान्डौं पठाइएको जिल्ला प्रहरी प्रवक्ता इन्सपेक्टर थानेश्वर चपाईले बताए ।
काठमान्डौं स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा डाक्टरले तामाङको १०ः५९ बजे मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।