TagaroNews
अपडेट: हराएको मोटरसाईकल चोरीमा संलग्न युवक पक्राउ
दुर्घटना भएको अवस्थामा फेला परेको मोटरसाईकल ।

बेसीशहर – लमजुङमा हराएको मोटरसाईकल दुर्घटनामा पारेर बेखबर रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  मर्स्याङ्दी  गाउँपालिका–३ ढगै घर भइ  मर्स्याङ्दी –९ बगैँचा बस्ने १९ बर्षीय आस कुमार विक रहेका छन् । 

उदयपुर जिल्ला घर भई हाल मर्स्याङ्दी गाउँपालिका–९ बगैँचा स्थित ढुङ्गा कटिङको काम गर्दै आएका २६ बर्षीय खगेन्द्र राईको ग९प ७१७२ नम्बरको १८० सीसी पल्सर मोटरसाईकल सोमबार राती पार्कीङ गरेको ठाउँबाट हराएको थियो । 

सोहि मोटरसाईकल बेसीशहर–खुदी सडक खण्ड अन्तर्गत बेसीशहर नगरपालिका–६ बेलौती बिसौनीको घुम्तीमा दुर्घटना भएको अवस्थामा मंगलबार बिहान फेला परेको थियो । मोटरसाईकल फेला परेपनि चालक बेखबर थिए । 

पक्राउ परेका आस कुमार विक घाईते भएकाले पछि उपस्थित हुने सहमतीमा उनका दाई बुद्धि विकको जिम्मा लगाई उपचारका लागी पठाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए । 

घाईते विकको दाहिने करङमा भित्री चोट देखा परेको छ । उनलाई लमजुङ अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागी चितवन लगिएको प्रहरीले जनाएको छ । 

यो पनि..

लमजुङमा हराएको बाइक दुर्घटना भएको अवस्थामा फेला, चालक बेखबर

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update