TagaroNews
लमजुङका युवा वडा अध्यक्ष तामाङ गण्डकी प्रदेशबाट पुरस्कृत हुँदै

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–९ का वडा अध्यक्ष आशिष तामाङ गण्डकी प्रदेशबाट सम्मान तथा पुरस्कृत हुने भएका छन् । 

गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न क्षेत्रमा बिशेष योगदान गरेका युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत अध्यक्ष तामाङ छनोट भएका हुन् । 

बिशेष योगदान गरेका युवा प्रतिभाहरुका लागी आव्हान गरिए बमोजिम पेश हुन आएका प्रस्तावमा जाँचबुझ तथा मूल्याङ्कन गर्दा अध्यक्ष तामाङ युवा सशक्तिकरण तथा नेतृत्व विकासमा युवा सहभागीता तर्फ प्रथम पुरस्कारका लागी छनोट भएको मन्त्रालयले जनाएको छ । 

वडा अध्यक्ष तामाङ सहित अन्य ८ विद्यामा १३ जना सम्मान सहित पुरस्कृतका लागी छनोट भएको मन्त्रालयका उपसचिव प्रकाश देवकोटाले बताए । उनीहरुलाई बिशेष कार्यक्रम गरी सम्मान तथा परस्कृत गरिने मन्त्रालयले तयारी गरेको छ । 


 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update