
लमजुङ - लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङ दोर्दी गाउँपालिका–६ ताँजी गाउँ आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का महसूस लमजुङ सँगै अन्य जिल्लाहरुमा गरिएपनि अहिलेसम्म कतै क्षतिबारेको विवरण भने, प्राप्त भएको छैन । ताँजी गाउँमा समेत कुनै क्षति नभएको स्थानीयले बताएका छन् ।
यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ २१:३३
प्रतिक्रिया दिनुहोस्