
पोखरा - लमजुङका प्रदेशसभा सदस्य डा. टकराज गुरुङ गण्डकीको अर्थमन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गुरुङलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनेछन् ।
मुख्यमन्त्री पाण्डेले पोखराका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १७:४३
प्रतिक्रिया दिनुहोस्