
बेसीशहर – मोटरसाईकल चोरी गर्ने दुई युवालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ बस्ने १९ बर्षिय सुजन तामाङ र क्व्होलासोंथर गाउँपालिका–२ घर भएका १९ बर्षिय पूर्ण बहादुर तामाङ रहेका छन् ।
उनीहरु गएराती साढे २ बजेको समयमा बेसीशहर स्थित क्याम्पस रोडमा लु १८ प ९३४७ नम्वरको २२० सीसी पल्सर मोटरसाईकलमा सवार थिए । डिउटीमा खटिएका प्रहरीले शंका लागेर सोधपुछ गर्ने क्रममा उनीहरु मोटरसाईकल छाडेर भागेपछि पिछा गर्दै प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले मर्स्याङ्दी गाउँपालिका–९ गोपालडाँडा स्थित एक मोटरसाईकल वर्कशपबाट सो मोटरसाईकल चोरी गरी ल्याएको खुलेपछि पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक थानेश्वर चपाईले बताए ।
पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।