TagaroNews
लमजुङमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु 
मृत्यु भएका बिकास गुरुङ ।

दोर्दी – लमजुङको दोर्दी गाउँपालिका स्थित किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा दोर्दी गाउँपालिका–४ जीतौरेका २६ बर्षिय बिकास गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एक स्थानीयका अनुसार बिकास शनिबार राती ९ बजेतिर २८ बर्षिय पन्चराम गुरुङ (राम्रो सँग बोलचाल गर्न नजान्ने) सहित किसेदी खोलामा माछा मार्न गएका थिए । स्थानीय बिन बहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा राती करिब १ बजेतिर बिकासको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक थानेश्वर चपाईले बताए । 

मृत्यु भएको खबर आइतबार बिहान साढे ५ बजेमात्र प्रहरीलाई जानकारी आएको प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरिक्षक हरिराम बोहोराले बताए । जानकारी लगत्तै जिल्लाबाट प्रहरी निरिक्षक चपाईको कमाण्डमा ५ जनाको प्रहरी टोली घट्नास्थल पुगेको थियो । 

पन्चरामलाई केहि नभएको र बिकासको शव आइतबार बिहान ९ बजे पोष्टमार्टमको लागी लमजुङ अस्पताल बेसीशहर ल्याइएको थियो । शब पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको प्रहरी निरिक्षक चपाईले जानकारी दिए ।  
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update