
बेसीशहर - लमजुङमा ४ किलो ३ सय ५ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–७ घर भएका ४२ वर्षीय रामशरण सापकोटा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सापकोटाले आफ्नो घरमा बिक्रीवितरणका लागि गाँजा लुकाइछिपाइ राखेको सूचनाको आधारमा खानतलासी गर्दा सो परिणाम बराबरको गाँजा भेटिएपछि उनलाई बुधबार राती पक्राउ गरिएको हो ।
सापकोटाबिरुद्ध बिहीबार अदालतबाट ७ दिनको म्याद थप गरी लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मेघनाथ चापागाईले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १२:१२
प्रतिक्रिया दिनुहोस्