TagaroNews
मनाङका समाजसेवी विनोद गुरुङ जनसेवाश्री पदकबाट विभुषित
जनसेवाश्री पदकबाट विभुषित मनाङका समाजसेवी एवं पर्यटन व्यवसायी विनोद गुरुङ ।

काठमाडौं– मनाङका समाजसेवी एवं पर्यटन व्यवसायी विनोद गुरुङ जनसेवाश्री पदकबाट विभुषित भएका छन् । ०७९ संबिधान दिवसको अवसरमा घोषणा गरेको बिभुषण मध्ये जनसेवाश्री पदकबाट गुरुङलाई शुक्रबार राष्ट्रपति भवनमा आयोजीत कार्यक्रममा विभुषित गरिएको हो । गुरुङलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान सहित विभुषित गरेका थिए । 

बिगत २३ बर्ष देखि मनाङमा पर्यटन ब्यवसाय गरेका गुरुङले व्यवसाय सँगै मनाङ जिल्लामा गरेको सामाजिक सेवाको उच्च कदर गर्दै गुरुङलाई विभुषित गरिएको हो । विभुषित भएसँगै गुरुङले भने, ‘मेरो समाज सेवालाई उच्च कदर गरिएकोमा गौरवान्बित छु, आफुलाई योग्य ठानेकोमा नेपाल सरकार र सम्बन्धित निकाय प्रती कृतज्ञ छु ।’

मनाङ जिल्लाको सामाजिक, सांस्कृतिक, आर्थिक, खेलकुद, सँगै बातावरण संरक्षणमा गुरुङको विगत दुइ दशक देखी योगदान रहँदै आएको छ । गुरुङले पर्यटन बयवसायी समिती मनाङको अध्यक्ष, मनाङ जिल्ला फुटबल संघको अध्यक्ष, मनाङ सञ्चार बिकास समाजको अध्यक्ष, मनाङ उधोग बाणिज्य संघको उपाध्यक्ष, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको उपसभापति, शान्ति समितिको सदस्य हुँदै जिल्ला शिक्षा समितिको सदस्य भई समाज सेवामा बिशेष योगदान गरिसकेको छन् । 

गुरुङ गाउँपालिका स्तरिय संघ संस्थाहरू जस्तै मिथेवा, संरक्षण क्षेत्र ब्यवस्थापन समिती टंकी मनाङको सचिव र मनाङको अध्यक्ष भई संरक्षण, बिकास र पर्यटनको क्षेत्रमा सक्रिय रहेका छन् । मनाङ जिल्लाको पर्यटन बिकासको खम्वा जस्तै रहेका गुरुङले ङिस्याङको पुरानो गित संगितको खोजी गरि गिती संग्रह निकाली पुरानो गित संगितको  संरक्षण समेत गरेको छन् । 

उनले भने, आफ्नो बुद्वि बिवेक र क्षमताले भ्याए सम्म मनाङको विकासमा लागिरहनेछु । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update