TagaroNews
लमजुङमा सर्वाधिक राशिको त्रिवेणी कप हुने

बेसीशहर– लमजुङ जिल्लाकै सर्वाधिक पुरस्कार राशिको राष्ट्रव्यापी फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सदरमुकाम बेसीशहरको सहजी खेल मैदानमा आगामी पुस १२ गतेदेखि ३० औँ त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिता हुने भएको हो ।

त्रिवेणी यूवा क्लवले सञ्चालन गर्ने सो प्रतियोगीताको प्रथम पुरस्कार ५ लाख रहेको छ । खेलमा पहिलो हुने समूहलाई सो नग सहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने समूहले रजत पदकसहित नगद ३ लाख पाउनेछ । सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०–५० हजार प्रदान गरिने पत्रकार सम्मेलन मार्फत क्लवले जानकारी गराएको छ । 
क्लवका अध्यक्ष विनोद गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५–१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

जिल्लामा फुटबल खेलको विकास गरी उच्चस्तरीय प्रतियोगीता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लवले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update