TagaroNews
लमजुङमा किशोरीलाई जबरजस्ती करणी अभियोगमा एक पक्राउ 
सांकेतिक तस्बिर ।

लमजुङ – लमजुङ प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका– ७ चिसाङ्कु घर भएका ४६ वर्षीय नवराज घिमिरे रहेका छन् । 

घिमिरेले ती किशोरीलाई सोही ठाउँस्थित भिरबारी जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । 

पक्राउ परेका घिमिरेलाई जबरजस्ती करणी उद्योग सम्बन्धी कसूरमा शुक्रबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update