
लमजुङ – लमजुङमा एक महिला कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका–१० घर भएकी ४७ बर्षिय शान्ति विक रहेकी छन् ।
बेसीशहर नगरपालिका– १ धिमिरेमा श्रीमानसँगै ज्यामी काम गरी बस्दै आएकी उनी उदिपुर स्थित बाटोमा हिडिरहेको क्रममा शुक्रबार दिउँसो २ बजेतिर अचानक ढलेर बेहोस भएकी थिइन् ।
उनलाई उपचारका लागी लमजुङ अस्पताल बेसीशहरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । विकको शवलाई पोष्टमार्टमको लागी अस्पतालमै राखिएको छ ।
उनले मदिरा सेवन गरिरहने भएकाले मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घट्नाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१ १६:१४
प्रतिक्रिया दिनुहोस्