TagaroNews
राइनासकोटमा सञ्चालित महायज्ञको आम्दानी खर्च सार्वजनीक
महायज्ञका प्रमुख वाचक युवा पण्डित केशव कोइरालालाई सम्मान गरिदै ।

राइनास – लमजुङको ऐतिहासिक एवं पर्यटकिय स्थल राइनासकोटमा सञ्चालित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८० को आम्दानी खर्च विवरण सार्वजनीक गरिएको छ । 

आयोजक पुरोहित ब्राह्मण समाज ओमकार परिवार राइनासले बुधबार राइनासकोटमा सार्वजनीक सुनुवाई गर्दै महायज्ञको आम्दानी खर्च विवरण सार्वजनीक गरेको हो । 

गत चैत २९ गतेदेखी बैशाख ८ गतेसम्म सञ्चालित महायज्ञमा २९ लाख ५२ हजार २ सय ९८ रुपैँया आम्दानी भएको छ । यस्तै महायज्ञ सम्पन्न गर्नका लागी ११ लाख ४१ हजार ९ सय ९५ रुपैँया खर्च भएको विवरण समाजका कोषाध्यक्ष बसुन्धरा घिमिरेले सार्वजनीक गरिन् । 

आम्दानीबाट खर्च कटाएर १६ लाख १० हजार ३ सय ३ रुपैँया बचत रहेको समाजका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक जगतप्रसाद कट्टेलले बताए । 

वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै पुरातात्वीक राइनास दरबारको भग्नावशेस जिर्णोद्धार, राइनासको पहिचान जगेर्ने गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महायज्ञबाट संकलन भएको रकमबाट राइनासकोटमा धार्मिक पर्यटनको विकासका निमित्त विभिन्न धार्मिक संरचनाहरु निर्माण गरिने अध्यक्ष कट्टेलले बताए । उनले भने, ‘धार्मिक संरचना निमार्ण सँगै द्रव्य शाहको शालिक निमार्ण, नेपालको झण्डा, घण्टा स्थापना गरिनेछ । पर्यटक तथा भक्तजनको आवश्यकता अनुसारका संरचनाहरु थप्दै जाने समेत योजना रहेको छ ।’

महायज्ञ सकिएपनि यस अभियानमा साथ र सहयोग गर्नेहरु बढिरहेको आयोजकले बताएको छ । स्थानीय जनप्रतिनिधि, बुद्धिजीवि, आमा समूह, यूवा समूह, सञ्चाकर्मी समेतको उपस्थितिमा आयोजकले आम्दानी खर्च विवरण सार्वजनीक गरेको हो । 

सो अवसरमा महायज्ञका प्रमुख वाचक युवा पण्डित केशव कोइराला, उपवाचक चेतनाथ न्यौपाने, महायज्ञका गणेश सुरेन्द्र पराजुली, दानदाता लगाएतलाई सम्मान समेत गरिएको थियो । 

पर्यटकिय स्थल राइनासकोटमा राइनास नगरपालिकाको सहयोगमा सञ्चालित महायज्ञ सँगै आयोजकले लिएको उद्धेश्य पूरा भएमा यस क्षेत्रको धार्मिक एवं पर्यटकीय विकासमा थप टेवा पुग्ने स्थानीयले विश्वास  लिएका छन् ।  

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update