
लमजुङ – लमजुङमा बन्दुकको गोली लागेर एक जना घाईते भएका छन् । मर्स्याङ्दी गाउँपालिका- ३ जिम्दोका ५३ बर्षिय आईतमान तामाङ घाईते भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो करिब १ बजे गाउँभन्दा माथि लेकमा भैसी गोठमा जानेक्रममा गोली लागेर तामाङ घाईते भएका हुन् ।
घाईते तामाङलाई लमजुङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि जि.एस.सि. अस्पताल पोखरा रिफर गरिएको प्रहरी प्रबक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए ।
प्रहरीका अनुसार तामाङको बायाँ कान नजिकै टाउकोमा चोट लागेको र अबस्था भने, सामान्य रहेको छ । गोठमा जानेक्रममा सिजे जंगलमा अचानक गोली लागेर तामाङ घाइते भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरी निरीक्षक चपाईले बताए ।
प्रहरीका अनुसार बन्दुक किन र कसले पड्कायो भन्ने विषयमा घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ ।