
लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका- ६ डहरे स्थित ङादीखोलामा निर्माणाधीन सुपर न्यादी जलविद्युत आयोजनामा कार्यरत एकजना कामदारको ढुङ्गाले लागेर मृत्यु भएको छ ।
आयोजनाको काम गर्न जाने क्रममा माथिवाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका बैतडी जिल्ला नल्लादेही गाउँपालिका- ६ घर भएका ३८ वर्षिय रामबहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार करिब बिहान ९ बजेको समय माथिवाट ढुंगा खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि लमजुङ अस्पताल ल्याइएको थियो । गम्भीर घाइते भएका बोहरालाई अस्पताल ल्याउनेवित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव पोष्टमार्टम परीक्षणका लागि लमजुङ अस्पतालको शव गृहमा राखिएको छ ।