
सुन्दरबजार – लमजुङमा मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक जना बेपत्ता भएका छन् ।
सुन्दरबजार नगरपालिका–९ भोटेवडार फुलबारी नजिकै मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर जुम्लाको सिंजा गाउँपालिका–१ घर भई फुलबारी बस्दै आएका अन्दाजी ४५ बर्षिय नन्द बहादुर आचार्य बेपत्ता भएका हुन् ।
गलैँचा ब्यापारी रहेका आचार्य सहित ४ जना साथिहरु मिलेर मंगलरबार दिउँसो मर्स्याङ्दी नदीमा नुहाउन गएका थिए । साथिहरुसँग पौडी खेल्ने क्रममा करिब सवा १ बजेतिर उनलाई नदीले बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीले अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोहि सिंजा गाउँपालिका–१ घर भएका ३४ बर्षिय पूर्णबहादुर राउत, ४२ बर्षिय जनक राउत र ४१ बर्षिय नन्द बहादुर शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
बेपत्ता भएका आचार्यको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।