
बेसीशहर – लमजुङ सदरमुकाम बेसीशहरमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैडाकोट नगरपालिका–११ भेडावारी घर भएका २७ बर्षिय नविन महतो रहेका छन् ।
नविन बेसीशहर नगरपालिका–७ त्रिवेणी टोल स्थित श्रीधर घिमिरेको घरमा आफना मामा राजेन्द्र बस्नेतसँग डेरामा बस्दै आएका थिए । उनको सोमबार राती करिब १० बजेतिर ३ तला माथि घरको छतबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
महतो यहि चैत २५ गतेदेखी मामासँग बेसीशहर बस्दै आएका थिए । उनका मामा चितवन भरतपुर महानगरपालिका- १० घर भएका बस्नेतले बेसीशहरमा अनुस्का एग्रोभेट सञ्चालन गर्दै आएका छन् ।
महतोको शव लमजुङ अस्पतालमा पोस्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए । घट्नाबारे थप अनुसन्धान भने, भैरहेको उनले जानकारी दिए ।