
लमजुङ – नेपाल कम्युनिष्ट पार्टी एमाले लमजुङ जिल्ला कमिटीको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् ।
पार्टीको ९ औं जिल्ला अधिवेशनमा आइतबार भएको मतदानमा २८८ मत प्राप्त गर्दै विष्ट अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कृष्ण प्रसाद अधिकारीले १९९ मत पाए ।
त्यस्तै उपाध्यक्षमा जीतबहादुर गुरुङ २४२ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी शुभाष पौडेलले २३७ मत पाए । सचिवमा राजेन्द्र बोहोरा ३५८ मत पाएर निर्वाचित भए भने, प्रतिस्पर्धी जनकराज मिश्रले ११९ मत पाए ।
उपसचिवमा विवश बुढाथोकी विजयी भए । उनले ३४९ मत ल्याए भने, प्रतिस्पर्धी राजेन्द्र अधिकारीले १२९ मत पाए ।
उपसचिव महिलामा भने, राममाया रानामगर सर्वसम्मत निर्वाचित भएकी हुन् ।
दुवै पक्ष आफ्नो प्यानल सहित निर्वाचनमा होमिएका थिए । निर्वाचित अध्यक्ष विष्ट एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् भने, अर्का उम्मेदवार अधिकारी एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी निकटका हुन् ।