
लमजुङ – तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लमजुङका एक जना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका-१ जिताबेसी घर भएका ३० वर्षीय रघु बिक रहेका छन्। तनहुँको ब्यास नगरपालिका-१० डिगाउँ बस्दै आएका बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिकले ती किशोरीलाई ब्यास नगरपालिका-४ स्थित होटलमा लगी सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० १७:१६
प्रतिक्रिया दिनुहोस्