TagaroNews
लमजुङमा बालिकालाई जवर्जस्ती करणी अभियोगमा एक पक्राउ 
सांकेतिक तस्बिर ।

लमजुङ – लमजुङ प्रहरीले बालिकालाई जवर्जस्ती करणी गर्न खोजेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राइनास नगरपालिका–८ बस्ने ३२ बर्षिय अमृत बहादुर अधिकारी रहेका छन् । 

पक्राउ परेका अधिकारीले गत सोमबार बिहान साढे ८ बजे १२ बर्षिय एक बालिकालाई बाटोमा एक्लै हिडेको मौका छोपी जवर्जस्ती करणीको प्रयास गरेका थिए । प्रहरीले उनलाई उत्त घट्ना पश्चात १४ गते बुधबार नै पक्राउ गरेको थियो । पीडितका परिवारले भने, १५ गते बिहिबार मात्र प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ परेका अधिकारीलाई जवर्जस्ती करणी उद्योग सम्बन्धी कसूरमा बिहिबार अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले जानकारी दिए । 

अभियोग ठहरिए ९ देखि १० वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ । 


 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update