
सुन्दरबजार – लमजुङको सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलकी छात्रामाथि शिक्षिकाले गरेको निर्घात कुटपिटको विषयमा पिडित पक्ष र विद्यालयबिच सहमती भएको छ ।
कक्षा ५ मा अध्ययनरत ११ बर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर नदिएको भन्दै हेल्थ शिक्षिका फराना मियाँले आइतबार दिउँसो निर्घात कुटपिट गरेकी थिइन् ।
सो विषयलाई लिएर सोमबार विद्यालयका अध्यक्ष बद्रीमान श्रेष्ठ, सुन्दरबजार–७ का वडा अध्यक्ष जयराम रेग्मी, इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रमुख सइ हरि नारायण श्रेष्ठ, अभिभावक र पिडित पक्षबिच बसेको बैठकले ७ बुँदे मागमा सहमती गरेको हो ।
पिडित पक्षको माग अनुसार घाइते विद्यार्थीको सम्पूर्ण औषधी उपचार खर्च विद्यालय प्रशासनले व्यहोर्ने भएको छ । यस्तै कुटपिटमा संलग्न शिक्षिका फराना मियाँलाई अनुशासनको कारबाही गर्दै विद्यालयमा पठनपाठन गर्न नपाउने गरी हटाउने निर्णय गरिएको छ ।
यस कुटपिटको घट्नाको विषयमा छानविन समिति गठन गर्ने, घाइते विद्यार्थीको पूरा शरिर चेकजाँच गर्ने र पिडित विद्यार्थीमा कुनै शारिरिक र मानसिक समस्या देखिएमा थप उपचार विद्यालयले नै गर्ने निर्णय सहमती भएको छ ।
विद्यालयमा भएको सम्पूर्ण घट्नाको जिम्मेवार विद्यालय व्यवस्थापन समिति र प्रिन्सिपल हुनुपर्ने र विद्यालयमा कुनैपनि मानसिक र शारिरिक यातना नदिइ वालमैत्री ढंगले पठन पाठन गराउनुपर्ने निर्णय सहितको सहमती गरिएको छ ।
पिडित पक्ष र विद्यालयबिच भएको निर्णय सहितको सहमती ।
कुटाइका कारण पीडित बालिकाको दुबै खुट्टाका पिँडौला सुन्निएको छ भने, निलडाम स्पष्ट देखिन्छ ।
यो पनि ..
सुन्दरबजारको बालज्योती अंग्रेजी स्कूलकी छात्रामाथि निर्घात कुटपिट