TagaroNews
८ औँ लमजुङ महोत्सव २३ चैतदेखि

बेसीशहर – लमजुङमा ८ औँ लमजुङ महोत्सव २०८० सञ्चालन गरिने भएको छ । ‘स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला–संस्कृति समृद्ध लमजुङको आधार’ भन्ने मूल नाराका साथ २३ चैतदेखि ३ वैशाखसम्म महोत्सव हुने भएको हो ।

आयोजक लमजुङ उद्योग वाणिज्य संघले बिहिबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै महोत्सव हुनेबारे जानकारी गराएको हो । आर्थिक मन्दिको प्रभावले सूस्ताएको जिल्लाको पर्यटन व्यवसायलाई पुनरुत्थान गरी टेवा पुर्याउने मुख्य उद्धेश्य महोत्सवको छ । 

जिल्लामा व्यवसायीक कृषि, पशुपालन र जडिबुटिको प्रवद्र्धन गरी निर्यात जन्य बस्तुहरुलाई प्रोत्साहन गर्ने, स्थानीय उद्योग, व्यापार, हस्तकला (परम्परागत सीप र प्रविधि) को प्रवद्र्धन गरी सहयोग र जर्गेना गर्ने महोत्सवको थप उद्धेश्य रहेको संघका अध्यक्ष भरत कुमार श्रेष्ठले बताए । उनका अनुसार महोत्सवमा परम्परागत खाना महोत्सव साथै होमस्टेहरुलाई महोत्सव मार्फत प्रवद्र्धनात्मक कार्य समेत गरिनेछ । 

महोत्सवमा विभिन्न जातजातीको झाँकी तथा र्याली, औद्योगिक तथा व्यापारीक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला, गण्डकी प्रदेशभित्रका उद्योग तथा व्यवसायीक प्रतिष्ठानहरुको बिशेष प्रदर्शनी, कृषि, जडिबुटि, बृत्तचित्र प्रदर्शनी गरिने संघका महासचिव विपिन श्रेष्ठले बताए ।

यस्तै जातीय संग्रालय, बाल उद्यान, आन्तरिक पर्यटन प्याकेज टुर, सरकारी तथा गैह्रसरकारी निकायको गतिविधि प्रदर्शनी र गृहिणी नृत्य लगाएतका प्रतियोगीता गरिने आयोजकले जनाएको छ । 

२ सय वटा स्टल रहने महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update