
बेसीशहर – लमजुङ बेसीशहरमा घरको छतबाट खसेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार घर भइ हाल बेसीशहर नगरपालिका–७ शान्तिटोल बस्दै आएका ७२ बर्षिय खु बहादुर गुरुङ रहेका छन् ।
आफन्तको घरमा बस्दै आएका गुरुङ २ तले घरको छतमा बिहान घाम ताप्न गएकोमा सोहि घरको छतबाट खसेको प्रहरीले जनाएको छ ।
आज बुधबार बिहान ११ बजेतिर छतबाट खसेका गुरुङलाई स्थानीय र प्रहरीको सहयोगमा तत्काल लमजुङ अस्पताल लमजुङ लगिएकोमा अस्पतालका डाक्टरले उनको मृत घोषणा गरेका थिए ।
घट्नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १२:३०
प्रतिक्रिया दिनुहोस्