TagaroNews
भोटेवडार बेलघारी गौडा सडक एक महिना बन्द हुने 
सांकेतिक तस्बिर ।

सुन्दरबजार – लमजुङको ग्रामीण क्षेत्र पुग्ने एक सडक स्तरोन्नतीका लागी एक महिना बन्द हुने भएको छ । सुन्दरबजार नगरपालिका–९ भोटेवडार हुँदै दोर्दी गाउँपालिका–१ बेलघारी, भार्ते देखी दुधपोखरी गाउँपालिका –६ गौडा जोड्ने सडक एक महिना बन्द गरि स्तरोन्नती गर्न लागीएको हो । 

आ.व. २०८०/०८१ मा कार्यान्वयन हुने गरी संघिय सरकार अन्तर्गत शहरी विकास मन्त्रालयबाट रकम विनियोजन भएको हुँदा उक्त विनियोजित रकमबाट सुरुवातमा भोटेवडार देखी बेलघारी मर्स्याङ्दी नदी पुलसम्मको बाटो नाला सहित ढलान गरिने भएको छ । 

सुन्दरबजार नगरपालिका ९ नं. वडा कार्यालयलले मंगलबार एक सूचना निकाल्दै सडक स्तरोन्नतीका क्रममा फागुन २७ गते आइतबार देखी चैत २६ गतेसम्म सो मोटरबाटो बन्द रहने जनाएको छ ।


सुन्दरबजार नगरपालिका ९ नं. वडा कार्यालयलको सूचना ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update