TagaroNews
लमजुङमा ३ किलो सय ग्राम गाँजा सहित दुई जना पक्राउ

बेसीशहर – लमजुङ प्रहरीले ३ किलो सय ग्राम लागू औषध (गाँजा) सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ९ बस्ने ५१ बर्षिय प्रेम पराजुली र पोखरा महानगरपालिका–१९ बस्ने ४० बर्षिय जिवन पौडेल रहेका छन् । 

गएराती २ बजे सुन्दरबजार नगरपालिका– २ स्थित खत्रीठाँटी-कुन्छा सडकखण्डमा शंस्कापद अवस्थामा ग ११ प ९४४० नम्वरको स्कुटरमा सवार रहेका उनीहरुलाई खानतलासी गर्दा लुकाई छिपाई ल्याएको ३ किलो सय ग्राम गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पेक्टर थानेश्वर चपाईले बताए । 

पक्राउ परेका उनीहरुले लमजुङबाट उक्त गाँजा बिक्रि बितरण गर्ने प्रयोजनको लागि पोखरा तर्फ लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जनालाई बिहिबार लमजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिमको कसूरमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी मिन बहादुर घलेले बताए । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update