TagaroNews
वाफ महिला च्याम्पियनसिपः साम्बाको ह्याट्रिकमा नेपालको प्रभावशाली जित

काठमाडौं - इराक विरुद्धको खेलमा सावित्रा भण्डारी 'साम्बा'ले ह्याट्रिक गरेपछि नेपालले प्रभावशाली जित हासिल गरेको छ। 

वाफ महिला च्याम्पियनशिप अन्तर्गत साउदी अरबमा बिहीबार साँझ भएको खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा एक गोल थपेको हो।

नेपालका लागि साम्बाले ह्याट्रिक गरिन्। उनले इराक विरुद्ध पाँच गोल प्रहार गरिन्। उनले खेलको १३औं मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। त्यसको दुई मिनेटपछि दोस्रो गोल थपिन्।

त्यस्तै, ३६ मिनेटमा तेस्रो र ४३ मिनेटमा चौथो गोल गरेर अग्रता फराकिलो बनाइन्। खेलको ११ मिनेट बाँकी छँदा पाँचौ गोल गरेर नेपाललाई प्रभावशाली जित दिलाइन्।

यो जितसँगै नेपाल वाफ च्याम्पियनशिपको सेमिफाइनल नजिक पुगेको छ। यसअघि नेपालले सिरियालाई पराजित गरेको थियो।

नेपालको समूहमा इराक, सिरिया र प्यालेस्टाइन रहेका छन्। नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update